कैलाली । धनगढीका दुई स्थानमा शनिबार बिहानै फेला पारिएको प्रेसर कुकर बम नेपाली सेनाले निस्क्रिय पारेको छ ।

धनगढीको मुख्य चौराहाबाट उत्तर अत्तरिया जाने सडक र पूर्व जोड्ने मनहेरा सडकमा बम फेला परेको थियो ।

बम भेटिएपछि इन्जिनीयरिङ गुल्म बोराडाडीबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले दुबै स्थानमा राखिएको बम निस्क्रय पारेको प्रहरीले जनाएको छ ।

बम विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राखेको बताइएको छ ।

धनगढिको चौराहामा प्रेसर कुकरमा खतरा लेखेको अबस्थामा बम भेटिएको थियो भने मनेहरामा बोरा भित्र प्रेसर कुकर बम भेटिएको थियो । बम भेटिएका दुवै ठाउँमा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाउँदै केही बेर यातायात बन्द गरेको थियो । सडक खाली गराएर बम निस्क्रय पारेपछि अहिले सडकमा सवारी साधनहरु गुड्न थालेका छन् ।

यता चितवनको भरतपुरमा पनि बम फेला परेको छ । भरतपुर महानगरपालिकामा शनिबार बिहानै प्रेस कुकर बम फेला परेको छ । नेपाली कांग्रेस भरतपर महानगरपालिका–९ को सम्पर्क कार्यालय नजिकै बम फेला परेको हो ।

बम भेटिएको केही समयपछि नै नेपाली सेनाको बम डिस्पोजल टोलीले निक्रिय पारेको छ ।
सेतो बोराभित्र शंकास्पद वस्तु फेला परेपछि भरतपुर व्यारेकबाट नेपाली सेनाको टोली बम डिस्पोजका लागि आइपुगको थियो ।

बम कसले राख्यो भन्नेबारेमा केही खुलेको छैन ।

Comments

comments