काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटवलको उपाधि चेल्सीले जितेको छ । चेल्सीले दुई खेल खेल्न बाँकी छँदै उपाधि जितेको हो । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा चेल्सीले वेष्ट ब्रोमलाई १–० ले पराजित गरेको छ ।

चेल्सीको जितमा मिसी बात्सुईले खेलको अन्तिमतिर गरेको गोल निर्णायक बन्यो । अवे मैदानमा भएको खेलमा चेल्सी पहिलो हाफमा गोलरहित बराबरीमा रोकियो । खेलको दोस्रो हाफमा पनि गोल गर्न निकै संघर्ष गर्नु पर्यो । तर वैकल्पिक खेलाडीको रुपमा मैदान आएका बात्सुईले ८२ औं मिनेटमा गोल गर्दै चेल्सीलाई उपाधि दिलाए ।

एन्टोनी कोन्टेको टिम चेल्सीका लागि विजयी गोल गरेका बात्सुई यही सिजन मार्सेइलीबाट चेल्सी आएका हुन् । बात्सुईको गोलपछि चेल्सीका समर्थक, खेलाडी तथा प्रशिक्षक निकै उत्साहित भएका थिए । प्रिमियर लिगको उपाधि जितेको चेल्सीले अर्को उपाधिको पनि तयारी गरेको छ । चेल्सीले यही मे २७ मा एफए कपको उपाधिका लागि आर्सनलसँग खेल्दै छ ।

चेल्सीले पछिल्लो तीन सिजनमा दोस्रो पटक लिगको उपाधि जितेको हो । उसले सन् २०१४ र १५ को सिजनमा पनि उपाधि जितेको थियो । अघिल्लो सिजन खराब प्रदर्शन गरेको चेल्सीले यो सिजन भने सुरुवातदेखि नै राम्रो प्रदर्शन गर्दै आएको थियो । लिगका दुई खेल बाँकी हुँदै उपाधि जितेको चेल्सीको ८७ अंक भएको छ । दोस्रो स्थानमा रहेको टोटनह्यामको ७७ अंक छ । टोटनह्यामको तीन खेल खेल्न बाँकी छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments