तनहुँ । तनहुँमा शुक्रबार राति दुईवटा गाडीमा अज्ञत समूहले आगजनी गरेको छ ।

ऋसिङ गाउँपालिका–६ चालिसेमा रोकिराखेको ना ३ ख ३५२५ बसमा राती अज्ञात समूहले आगजनी गरेको हो ।

पृथ्वी राजमार्ग अन्तर्गत डुम्रे–दमौली सडकखण्डको बन्दिपुर गाउँपालिका–१ बेलभन्ज्याङमा पनि ना ३ ख ९११६ नम्बरको ट्रकमा आगजनी भएको छ । शनिवार नेपाल बन्दको आह्वान गरेको नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बन्द गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।

स्थानीय तह निर्वाचन बहिष्कार घोषणा गरेको चन्दका नेता कार्यकर्ताहरु धमाधम पक्राउ गरेपछि कार्यकर्ता रिहाइको माग गर्दै नेकपाले शनिवार बन्द आह्वान गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments