ग्रुप एचको पहिलो खेलमा बेल्जियम र मेक्सिको बिच हुनेछ । यो पल्टको विश्वकपमा एक डार्क हर्स टोलिको रूपमा रहेको छ । बेल्जियमले आफू सशक्त रहेको दाबि गर्ने पहिलो अवसर हुनेछ अल्जेरीया विरूद्दको खेल । स्ट्राइकर रोमेलु लुकाकु गोलिगाँठोको समस्याबाट मुक्त भएपछि बेल्जियम म्यानेजर मार्क व्लीलमोट्सले केहि राहतको महसुस गरेका छन् । कम्पनि, फेल्लानी,हाजार्ड जस्ता खेलाडिले भरीएको बेल्जियमलार्इ चुनौति दिन यूरोपका मुख्य लिगहरूमा खेलिरहेका खेलाडि रहेको अल्जेरिया टिम पनि तमतयार छ । यी दुर्इ बिच भएको दुर्इ खेलमा बेल्जियमले एउटामा जित हात पारेको छ भने एउटा बराबरीमा सकिएको छ ।

दोश्रो खेल ग्रुप एमा रहेका फिफा वरियतामा ३ नं मा रहेको आयोजक ब्राजिल र वरीयताको २० स्थानमा मेक्सिको बिच हुनेछ ।यी दुवै आ-आफ्नो पहिलो खेल जितेका छन् । आत्मविश्वासले भरीपुर्ण दुवै टोलि यो खेल जित्दै दोश्रो चरणमा जान चाहान्छन् तयसैले दुवैले जित निकाल्न भरपुर प्रयास गर्नेछन् । बलियो आकिएको र आफ्नै घरेलु मैदानमा खेलिरहेको ब्राजिललार्इ हराउन मेक्सिकोलार्इ पक्कै पनि सजिलो हुने छैन । यी दुइ बिच भएका ३८ खेलमा ब्राजिलले २२ मा जित हात पारेको छ भने मेक्सिकोले ६ वटामा मात्र नतिजा आफ्नो पक्षमा पारेको छ । अन्तिम पटक मेक्सिकोले ब्राजिललार्इ सन् २०१२ को ओलम्पिकमा हराएको थियो ।

आजको अन्तिम खेल एसियाली राष्ट्र दक्षिण कोरीया र रूस बिच हुदैछ । फिफा वरियतामा ५७ स्थानमा रहेको कोरीया र १९ मा रहेको रूस बिचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरीएको छ । कोरीयालार्इ रसियाका मिडफिल्डर तथा कप्तान रोमन सिरोकोभको अनुपस्थिले फाइदा हुनेछ भने रसियालार्इ मिडफिल्डमा उनको अभाव खड्किनेछ ।

Comments

comments