एजेन्सी । अफ्रिकी देश कंगोमा इबोला भाइरसको संक्रमण पुनःफैलिएको छ ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओले कंगोमा इबोलाको प्रकोप फैलिएको जनाएको हो । कंगोको उत्तरपूर्वी क्षेत्रमा इबोलाका कारण एक जनाको मृत्यु भएको पुष्टि भएको बीबीसीले  जनाएको छ । ९ जनामा इबोलाको संक्रमण भएको हुनसक्ने आशंका गरिएकोमा तीन जनाको मृत्यु भएको र त्यसमध्ये एकजनामा इबोला पुष्टि भएको डब्लुएचओले जनाएको छ ।

मध्य अफ्रिकी गणतन्त्र कारसँगको सीमा क्षेत्रमा इबोला संक्रमण भेटिएको र त्यहाँ मानिसहरु बिरामी पर्न थालेको स्वास्थ्यकर्मीले बताएका छन् । ग्रामीण बस्ती र कम जनसंख्या भएकाले संक्रमणदर नियन्त्रण गर्न र रोकथाम गर्न भने सहज हुने डब्लुएचओले जनाएको छ ।

कंगोको सन् २०१४ मा अन्तिम पटक इबोलाको संक्रमण फैलिएको थियो ।  सन् २०१४/१५ मा पश्चिम अफ्रिकी देशमा फैलिएको इबोलाका कारण ११ हजार मानिसको मृत्यु भएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments