मेलबर्न । अष्ट्रेलियामा पछिल्लो समय कमनवेल्थ बैंकका ग्राहकहरु ठगिने क्रम बढेको छ ।

व्यक्तिगत मोबाईल फोनमा “आई कान्ट हियर यू” नामक सन्देश पठाइ ठगी गर्ने श्रृंखला चलेको एमएनटिभीले जनाएको छ । कमनवेल्थ बैंकका ग्राहकहरुलाई एसएमएस पठाएर उनीहरुको व्यक्तिगत विवरणहरु लिने र त्यसको माध्यमबाट आर्थिक अपराध गर्ने गरेको नयाँ तथ्य सार्वजनिक भएको हो । कमनवेल्थ बैंकको भन्दै आएको यस्तो एसएमएसमा कमनवेल्थ बैंक खाता लक भएको भन्दै ग्राहककोसम्पूर्ण व्यक्तिगत विवरण माग्ने गरिएको बैंकले जनाएको छ ।

यसैबीच कमनवेल्थ बैंकले आफ्ना ग्राहकहरुलाई सतर्क रहन चेतावनी नै दिएको छ । बैंकले कहिल्यै पनि वेवसाईटमा आफ्ना ग्राहकहरुको व्यक्तिगत विवरण, क्रेटिड कार्ड नम्बर र खाता नम्बर आदि माग्ने नगरेको प्रष्ट पारेको छ । तर यस्तो भ्रममा नपर्न र ठगिने कार्यबाट जोगिन बैंकका अधिकारीहरुले अनुरोध गरेका छन् । यस्तो सन्देश मोबाइलमा आए तत्कालै डिलिट गरिहाल्न बैंकले सुझाव दिएको छ ।

Comments

comments