एजेन्सी । अमेरिकी सांसदले बौद्ध धार्मिक गुरु दलाई लामालाई भेटेकोमा चीनले आपत्ती  जनाएको छ । भारत भ्रमणमा रहेको अमेरिकी प्रतिनिधिमण्डलले दलाई लामालाई भेटेपछि आपत्ति जनाएको हो ।

एक चीन नीतिप्रति प्रतिबद्धता जनाएको अमेरिकाले  द्घैद्ध चरित्र देखाएको चिनियाँ पक्षको दाबी छ ।
स्वतन्त्र तिब्बतलाई समर्थन नदिने वचन दिएको अमेरिकाले लामासँग भेटेर गल्ती गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले बताए । प्रवक्ता सुआङले सञ्चारकर्मीसँग भने, ‘१४औं दलाई लामा राजनीतिक रूपमा निर्वासित छन् । उनले धर्मको आडमा लामो समय देखी चीनविरोधी गतिविधि गर्दै आएको दाबी गरे ।  सुआङले भने, ‘ लामा स्वतन्त्र तिब्बत चाहने समूहका प्रमुख नेता पनि हुन् ।’ उनले डोनल्ड ट्रम्प राष्ट्रपति भएलगत्तै भएका यस्ता कदमले अमेरिकी नीतिमा परिवर्तन भएको हो भन्ने प्रश्न गरेका थिए ।

अमेरिकी सिनेटमा डेमोक्रेटीक पार्टीकी नेता नान्सी पेलोसीको नेतृत्वमा कंग्रेसको प्रतिनिधिमण्डलले हिमाचल प्रदेशस्थित धर्मशालामा बौद्धधर्म गुरु लामालाई भेटेका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments