काठमाडौं । नेपाल र चीनबीच ‘वान बेल्ट वान रोड’ अवधारणापत्रमा हस्ताक्षर भएको छ ।

परराष्टमन्त्रालयमा शुक्रबार विहान परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी र नेपालका लागि चिनियाँ राजदूत यु होङले अवधारणापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

हस्ताक्षरपछि परराष्ट्रमन्त्री डा.प्रकाशसरण महतले या हस्ताक्षरले दुई देशको सम्बन्धमा महत्वपूर्ण पाइला भएको बताउनुभयो ।

उहाँले नेपाललाई धेरै ठूलो वैदेशिक लगानीको आवश्यकता रहेको र दुई देशबीच भएको समझदारीले नेपालले लाभ पाउने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ अवधारणामा सहमति जनाउँदै हस्ताक्षर गर्ने निर्णय गरेको थियो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा यो अवधारणा अघि सारेका थिए ।

‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर भएसँगै चीनले नेपालमा सडक, रेल सञ्जाल लगायतमा आर्थिक सहायता उपलब्ध गराउनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments