काठमाडौं । मिस नेपाल २०१५ इभाना मानन्धर विवाह बन्धनमा बाँधिएकी छिन् । प्रेमी प्रगुण राजभण्डारीसँग इभानाको विवाह सम्पन्न भएको हो । शुभ विवाहको अवसरमा विहिवार काठमाडौंको लाजिम्पाटमा अवस्थित होटल र्याडिसनमा भव्य पार्टीको आयोजना गरिएको थियो ।

पार्टीमा पूर्व मिस नेपालहरु सहित विभिन्न क्षेत्रका व्यक्तिहरु सहभागी थिए । सन् १९९२ मा काठमाडौंको भोटेवहालमा जन्मिएकी इभाना सन् २०१५ को मिस नेपाल प्रतियोगितामा विजेता बन्दै मिस वल्र्डमा नेपालको प्रतिनिधिका रुपमा सहभागि बनेकी थिइन् ।

उनका दुलाहा प्रगुण भने व्यापारमा संलग्न रहेका छन् । उनी सांग्रिला स्पिरिट प्रालि, इको इन्फिरिटी प्रालि लगायतसँग आवद्द रहेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments