बारा । जिल्लाका ६३ कृषक समूहलाई कृषि उपकरणसहित मोवाईल सेट बितरण गरिएको छ । जलबायु प्रकोप समुत्थान निर्माण आयोजनाले बाराका ३८ उत्कृष्ट कृषक समूह सहकारी र पशुपालन तर्फका २५ उत्कृष्ट कृषक समूहलाई कृषि उपकरण सहित मोवाईल सेट बितरण गरेको हो ।

जलवायु परिवर्तनसंगै कृषकलाई पर्ने असर र त्यसको समाधान गर्न सहयोग पु¥याउने उद्देश्यले कृषकलाई मोवाइल सिमकार्ड, रेनगेज र थर्मोमिटर प्रदान गरिएको परियोजनाका निर्देशक बिष्णुप्रसाद घिमेरेले जानकारी दिनुभयो । उपकरण सहित मोवाईल सेट पाएर खुशी भएका कृषकहरुले आफ्ना समस्या लिएर कार्यलय धाउने झन्झटमा कमि आउने विश्वास व्यक्त गरे । साथै बालीनाली, पशुपालन सम्बन्धी  समस्या समाधान गर्न घरबाटै जानकारी लिन सजिलो हुने बताए ।

जिल्लामा ११ सय ३८ कृषक समूह र ७ सय ४५ सहकारी क्रियाशील रहेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments