मेलबर्न। अमेरिकामा भिसामा उल्लेख गरिएको नियमभन्दा डेढ घण्टा बढी समय बस्नाले गत हप्ता पक्राउ परेका अष्ट्रेलियन युवा थुना मुक्त भएका छन् । उनका दाजुका अनुसार उनलाई अमेरिकी प्रशासनले कुनै पनि खालको कडा सजाय तोकेको छैन र उनि सामान्य अवस्थामा छन् ।

अष्ट्रेलियाको क्यानबेराका २६ वर्षीय बक्ष्तेर रेइड पाँच वर्षे मल्टिपल भिसामा अमेरिका बस्दै आएका थिए । पाँच वर्षे मल्टिपल भिसा अनुसार हरेक छ महिनामा एकपटक अमेरिका छोड्नुपर्छ । उनि त्यहि नियम अनुसार क्यानडा जाने तयारीमा थिए । क्यानाडा जानको लागि उडान भर्ने क्रममा जांच गर्दा पछिल्लो समय उनि अमेरिका बसेको अवधि छ महिना पुगेर डेढ घण्टा नाघेकोले उनलाई पक्राउ गरिएको थियो ।

युवककी प्रेमिका अमेरिकी भएकोले उनि त्यहि बस्दै आएका थिए । उनकी प्रेमिकाले त्यो सानो गल्तिको लागि ठूलो सजाय हुन नहुने भन्दै कानूनी प्रक्रियामा चाहिने खर्चको लागि सहयोग अपिल गरेकी थिईन् । उनले सो सहयोग अपिल मार्फत माइग्रेसन वकिललाई बुझाउनको लागि १०,००० डलर संकलन भएको बताएकी छिन् । उनका अनुसार बक्ष्तेरलाई अमेरिका छोड्नको लागि १२० दिनको समयावधि दिईएको छ ।

रेइड परिवारले बक्ष्तेरलाई जति सक्दो छिटो अष्ट्रेलियामा भेट्न चाहेको कुरा उनका दाजुले बताएका छन्। स्रोत

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments