काठमाडौं। प्रहरी महानिरीक्षक नियुक्तिमा असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा दायर रिटको पेसी बिहीबार पनि स्थगित गरिएको छ । प्रहरी महानिरीक्षकमा प्रकाश अर्यालको नियुक्तिपछि डिआइजी नवराज सिलवालले सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटको सुनुवाइ २८ वैशाखका लागि राखिएको थियो । १९ वैशाखमा पेसी नसर्ने गरी पूर्ण इजलासमा सुनुवाइ गर्ने गरी राखिएको पेसी बिहीबार पनि हुन सकेन । महाभियोगको प्रस्ताव संसद्मा दर्ता भएको चार दिनपछि सर्वोच्च अदालतको अन्तरिम आदेशपछि पुनः काममा फर्किएकी प्रधानन्यायाधीश सुशीला कार्कीले सो रिट स्थगित गरेकी हुन् ।

सिलवालको पेसी ८४ नम्बरमा राखेर स्थगित भएछ : महान्यायाधिवक्ता
‘२७ वैशाख बेलुकीसम्मको पूरक साप्ताहिक पेसीमा नवराज सिलवालको रिटको पेसी ७६ नम्बरमा उल्लेख छ,’ महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले भने, ‘तर, वैशाख २८ गते बिहानको पेसीमा ८४ नम्बरमा राखेर स्थगित गरिएको छ ।’ २८ वैशाखको पेसीमा ७६ नम्बरमा सीताराम चौधरीले दाङ जिल्ला अदालतलाई विपक्षी बनाएर दायर मुद्दाको पेसी राखिएको छ ।

‘साप्ताहिकमा राखिएको पेसीमा यसरी जालझेल गरी सार्नुपर्ने थिएन,’ महान्यायाधिवक्ता श्रेष्ठले भने, ‘दैनिक पेसी तोकेर स्थगित गराएको भए पनि उनले तोक्ने इजलासमा शंका हुन्न थियो । डिआइजी सिलवालको पेसी रातारात किन स्थगित ? उहाँ (प्रधानन्यायाधीश) को इजलास तोक्ने प्रक्रियालाई अब कसरी बुझ्ने ?’

सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका २४९ सांसदले गत १७ वैशाखमा संसद्मा महाअभियोग दर्ता गरेसँगै चार दिन निलम्बनमा परेकी प्रधानन्यायाधीश कार्कीको इजलास तोक्ने शैलीमा शंका उत्पन्न भएको श्रेष्ठले बताए । १९ वैशाखका लागि तोकिएको डिआइजी नवराज सिलवालको पेसी त्यसदिन कायममुकायम प्रधानन्यायाधीश बनेका गोपाल पराजुलीले २८ वैशाखका लागि सारेका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments