मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यका लागि बहुसांस्कृतिक आयोगको नयाँ आयुक्तमा अष्ट्रेलियन मुलका डिंकु सिसे नियुक्त भएका छन् ।

बहुसंस्कृतिमन्त्री रविन स्कटले आगामी चार वर्षका लागि डिंकुलाई आयुक्तमा नियुक्त गरेका हुन् । यससँगै आयोगका आयुक्तहरुको संख्या एघार पुगेको छ । यसअघिका आयुक्त पिटर खलिली खलिलीले निर्वाचनमा भाग लिन आयुक्त पदबाट राजीनामा दिएपछि रिक्त भएको आयुक्त पदमा डिंकुलाई नियुक्त गरिएको भिक्टोरियाको बहुसंस्कृति मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो ।

डिंकु अष्ट्रेलियामा क्रियाशील अफ्रिकी समुदायका विभिन्न संघसंस्थामा आबद्ध रहँदै आउका थिए । उनको कार्यकाल सन् २०१९ को अगष्टसम्म रहने पनि मन्त्रालयले जनाएको छ । डिंकुलाई बधाइ दिदै बहुसंस्कृति मन्त्री रविन स्कटले सीसेको ज्ञान, अनुभव भिक्टोरियन मल्टिकल्चरल कमिशनको लागि बहुमूल्य हुने विश्वास व्यक्त गरेका छन् । मुख्यतः अफ्रिकी समुदायका लागि रोजगारको क्षेत्रमा उनले राम्रो गर्ने अपेक्षा आफूले गरेको मन्त्री स्कटले बताए । यसैगरी भिक्टोरियन मल्टिकल्चरल कमिशनकी अध्यक्ष हेलेन कपालोसले पनि सीसेलाई स्वागत गर्दै उनको नियुक्तिले योगदानको कदर भएको प्रतिक्रिया दिएकी छिन् ।

भिक्टोरियन मल्टिकल्चरल कमिशन एउटा स्वतन्त्र संस्था हो भने यसले अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने विभिन्न समूदायको हक, हित र अधिकार प्रबद्र्धनका लागि क्रियाशील हुने र विभिन्न समयमा सरकारलाई सुझाव दिने काम समेत गर्दै आएको छ ।

Comments

comments