काठमाडौं । सर्वाधिक धनराशि पुरस्कारको प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता जेठ ९ गते देखी हुने भएको छ ।

राजधानीमा आज काठमाडौ क्रिकेट टे«निङ सेन्टरले पत्रकार सम्मेलन गर्दै सर्वाधिक धनराशिको प्रथम प्रधानमन्त्री कप क्रिकेट जेठ ९ गते हुने जनाएको हो । राष्ट्रिय खेलकुद परिषदको आयोजान र काठमाडौं क्रिकेट टे«निङ सेन्टरको व्यवस्थापनमा आयोजना हुन लागेको प्रतियोगितामा ८ टोलीको सहभागिता हुनेछन् । प्रतियोगितामा ३ विभागिय टोली सहित पाँच विकास क्षेत्रका टोलीले सहभागिता जनाउने अयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद २० लाख सहित ट्रफी हात पार्नेछन् । यस्तै, उपविजेताले नगद  १० लाख  हात पार्ने छन् ।

प्रतियोगिता आयोजना बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका प्रमुख प्रशिक्षक जगत टमाटाले सम्भावना बोकेका खेलाडीको लागि प्रतियोगिता महत्वपूर्ण भएको र हङकङसँगको विश्व क्रिकेट लिग  डिभिजनको लागि छनोटको आधार हुने बताउनु भयो । यस्तै, नेपाली टोलीका खेलाडी ज्ञानेन्द्र मल्लले खेलाडी उत्साहित भएको,  ५० ओभरको खेल भएकाले नयाँ खेलाडीको लागि खेल प्रदर्शन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । यो खेल  खेलाडीको लागि उत्सव, नयाँ खेलाडीको परिक्षण भएको बताउनु भयो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले प्रतियोगिताको ट्रफी अनावरण गर्नु भयो ।

८ टिमलाई दुई समूहमा विभाजन गरि लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगिताका टिमलाई तयारी खर्चको लागि ५० हजार प्रदान गरिने आयोजकले जनाएको छ  ।  यस्तै, सेमिफाइनल पुग्ने टोलीलाई ५० हजार प्रदान गरिनेछ । २४ गते सम्म सञ्चालन हुने प्रतियोगिता कीर्तिपुरको मैदानमा हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments