मकवानपुर । हेटौडा १६ स्थित हटिया चिसापानीमा बुधबार राती सिलिण्डर बम बिस्फोट भएको छ । एमालेका तर्फबाट हेटौडा उपमहानगरपालिका वडानम्बर १६ का अध्यक्ष उम्मेदवार गोबिन्द दाहालको घर नजिक सडकमा बम बिस्फोट हुँदा स्थानीय श्याम दाहाल घाइते भएका छन् ।

घाइते दाहाललाई उपचारको लागि काठमाण्डौ ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा संलग्न रहेको आशंकामा स्थानीय पुरुषोत्तम फुयाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments