अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले आगामी कात्तिकमा युगाण्डामा गर्न लागेको डिभिजन थ्री क्रिकेट प्रतियोगिता नेपालमा गर्ने तयारी गरेको छ ।

अफ्रिकी महादेशमा इबोला भाइरसको संक्रमण बढेकाले प्रतियोगिता नेपालमा गर्ने तयारी गरेको हो । अहिले नेपाल क्रिकेट संघ क्यानलाई मैदान तयार गर्न निर्देशन दिएको आइसिसीले यसको आधिकारिक निर्णय भने आफै आएर अध्ययन गरेपछि मात्र गर्ने बताइएको छ । डिभिजन थ्री प्रतियोगिता आयोजना गर्न पाउने देश नेपाल र युगाण्डामध्ये आइसिसीले नेपालको पूर्वाधार राम्रो नभएको भन्दै युगाण्डामा गर्ने निर्णय गरेको थियो ।

Comments