मेलबर्न। अस्ट्रेलियाकी एक सांसदले संसदभवनमै बच्चालाई स्तनपान गराएकी छिन् । ग्रीन पार्टी सहउपाध्यक्ष तथा क्वीन्सल्याण्डकी सांसद लारिसा वाटर्सले आफ्नी दुई महिनाकी छोरीलाई स्तनपान गराएकी हुन् ।

सांसद लारिसा सुत्केरी बिदा पछि गत मंगलबार संसदमा फर्किएकी हुन् । संसदमा कारवाही चलिरहँदा बालिका आलिया जाय भोकाएपछि सांसद आमाले स्तनपान गराएकी थिइन् । यसरि संसदमा स्तनपान गर्ने जाय पहिलो बालिका हुन् ।

अष्ट्रेलियाको चेम्बरमा बालबालिका ल्याउन समेत निषेध थियो । गत वर्ष मात्र चेम्बरमा बच्चालाई स्तनपान गराउन पाउने नियम आएको हो जसमा लारिसा वाटर्सको प्रभावकारी भूमिका रहेको थियो ।

सांसद लारिसाले ट्वीट मार्फत यो क्षणले आफूलाई गौरवान्वित बनाएको बताएकी छिन् ।

Comments

comments