काठमाडौं । गुल्मेली गायक- गायिका सन्तु थापा र निर्मला थापा मगरको “हाँसेर बोल” नामक लोकभाका सार्वजनिक भएको छ । मिलन लामाको शब्द तथा लय सिर्जना रहेको गीतलाई गुल्मी रेसुङ्गा म्युजिक प्रा.लि.ले बजारमा ल्याएको हो ।

यस गीतमा गायक सन्तु थापा, मिलन लामा र निर्मला थापा मगरको आवाज सुन्न सकिन्छ । मौलिक लोक भाकामा तयार पारीएको “हाँसेर बोल” गीतमा प्रेम भाव झल्किएको छ ।

मिलन लामा, रिना थापा मगर र सन्तु थापाको अभिनय रहेको सो गीतको म्युजिक भिडियोमा बब्बु थापाको निर्देशन, दुर्गा पौडेलको छायांकन तथा प्रविन भट्टको सम्पादन रहेको छ ।

Comments

comments