एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय जाँच निकाय एफबीआईका निर्देशक जेम्स कोमीलाई हिलरी क्लिन्टनको इमेल छानविनको मुद्दामा गल्ती गरेको भन्दै पदबाट हटाएका छन् । गत साता अमेरिकी संसदसमक्ष कोमीले क्लिन्टनको इमेल प्रकरणबारे असत्य सूचना दिएको भन्ने बाहिरिएपछि ह्वाइट हाउसको पछिल्लो निर्णय आएको हो ।

एफबीआईले ट्रम्पको चुनावी अभियान र रुसबीचको साँठगाँठबारेका आरोपहरुमाथि अनुसन्धान गरिरहेका थिए । ह्वाइट हाउसले महान्यायाधिवक्ता जेफ सेसन्स र उपमहान्यायाधिवक्ता रड रोजनस्टाइनको सिफारिसमा पछिल्लो कदम चालेको जनाएको छ । कोमीले एफबीआइलाई प्रभावकारी ढंगले नेतृत्व गर्न नसकेको र कानून कार्यान्वयन गर्नुपर्ने उक्त निकायको महत्वपूर्ण कार्यभारप्रति सर्वसाधारणको विश्वास पुनस्र्थापित गराउन नयाँ प्रमुख खोज्नु आवश्यक रहेको राष्ट्रपति ट्रम्पले जनाएका छन् ।

तर डेमोक्रयाटहरुले ट्रम्पको चुनावी अभियान र रुसबीच रहेको भनिएको सम्बन्धका आरोपहरुबारे कोमीले छानविन गरिरहेकाले उनलाई हटाइएको बताएका छन् । ५६ वर्षीय कोमीको ६ वर्षे कार्यकाल बाँकी छँदै बर्खास्त गरिएको हो । यो पदमा उनी चार वर्ष अगाडि नियुक्त भएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments