एजेन्सी । दक्षिण कोरियामा मंगलबार भएको राष्ट्रपति चुनावमा मुन जाए–इन निर्वाचित हुनुभएको छ । डेमोक्र्याटिक पार्टीबाट उम्मेद्वार बन्नुभएका ६४ वर्षीय मुन मानवअधिकार अधिवक्ता हुनुहुन्छ ।

मुनले ४१ दशमलव १ प्रतिशत मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँले बुधबार शपथग्रहण गरि दक्षिण कोरियाको १९ औं राष्ट्रपतिको रुपमा जिम्मेवारी सम्हाल्नुहुनेछ । मुन उत्तर कोरियाबाट शरणार्थीको रुपमा आएका व्यक्तिका छोरा हुनुहुन्छ ।

मुनले देशलाई एकीकृत गर्नु र थप विकसित गराउनु नै आफ्नो मुख्य एजेन्डा रहेको बताउनुभएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments