एजेन्सी । विश्वका धेरै स्थानमा ब्लकबस्टर ‘बाहुबली -२ ’ ले धेरै राम्रो व्यापार गरिरहेको छ । यो चलचित्रले दर्शक मात्र नभएर समिक्षक र चलचित्रकर्मीहरुको पनि मन जितिरहेको छ ।

यसैक्रममा बलिउडका चर्चित कलाकार ऋषि कपुरले उक्त चलचित्र हेरेपछि चलचित्रको प्रशंसा गर्दै ट्विट गरेका छन् । उनले भनेका छन्, “अझै धेरै फिल्म शहिद बन्नेछन् जति यो फिल्मले व्यापार गर्दै जानेछ। यो इन्डियन सेलिब्रेसन पनि हो। यो चलचित्र हेरिरहँदा मलाई आफू पनि भारतीय चलचित्र क्षेत्रमा आबद्ध भएकोमा गर्व लागिरहेको छ ” ।

उनको भनाई अनुसार बाहुबलीले जति धेरै दिन सिनेमा हल छोड्दैन त्यति नै अरु फिल्म पछाडी धकेलिने छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments