काठमाडौं । छोयला नेवारी परिकार हो । उपत्यकामा बढ्दै गएको जातीय विविधता र स्थानिय परिकारलाई रेस्टुराँमा प्राथमिकता बढे संगै छोयला सबैको जिब्रोको स्वाद बनेको छ। विशेषगरि मासुलाई पोलेर वा उसिनेर मसलासँग साँधेको मासुलाई नै छोयला भनिन्छ । यो परिकार जुनसुकै मासुको जस्तै कुखुरा, हाँस, खसी, राँगा, सुकेको माछा आदिको बनाउन सकिन्छ । माछामासु सेवन नगर्नेहरूका मसरुम छोयला बनाउन सकिन्छ ।

आवश्यक सामाग्री:
१ किलो        बोसो नभएको मासु / शाकाहारीको लागि ५०० ग्राम पाते मसरुम
५० ग्राम        सुकेको रातो खुर्सानी (भुटेर पिनेको)
५० ग्राम        लसुन र अदुवाको पेष्ट
१ चम्चा        जिरा/धनियाँको धुलो
आधा चम्चा        भुटेर पिधेको मरिच
आधा चम्चा        टिमुरको धुलो
नुन, बेसार आफ्नो इच्छाअनुसार
२ वटा            हरियो लसुन
५० ग्राम        तोरीको तेल

बनाउने तरिका:

मासु छोयला
– मासु सफा गरेर चेप्टो लामो पिस गराएर काट्ने
-नुन, बेसार लगायत सबै मसला मिसाएपछि मेथीलाई झानेर मोल्ने ।आधा घण्टा छोड्ने

अर्को तरिकाअनुसार,
-गोल, कोइला वा ग्याँस वा स्टोभमा एउटा जाली राखेर मासुलाई राम्रोसँग पोल्ने
– त्यसमा नुन, बेसार र अरू बाँकी मसला मिसाउने ।

मासुलाई प्रेसर कुकरमा राखेर उसिने र त्यो पाके पछि त्यसमा नुन, बेसार र अरू बाँकी मसला मिसाएर,त्यसपछि मेथीलाई झानेर पनि बनाउन सकिन्छ ।

यदि इच्छा भएमा अलिकति कागती, धनियाँ पनि राख्न सकिन्छ । छोयला तयार भयो ।

मसरुम छोयला

तेल उमालेपछि मसरुममा ब्राउन कलर नआउन्जेलसम्म फ्राई गर्नुपर्छ । फ्राई गरेको मसरुमलाई एउटा भाँडामा हालेर चिल्ली पेस्ट तथा अदुवा, लसुन, धनियाँ, हरियो लसुन एकै स्थानमा राखेर मोल्ने । यसरी मोलिसकेपछि कागतीको रस, नुन छर्किने । त्यसपछि मेथीलाई झानेर मसरुममा मोल्ने । यसरी सबैतिर पर्ने गरी मोलिसकेपछि मसरुम छोयला तयार हुन्छ । छोयला तयार भईसकेपछि धनियाँ छर्केर आकर्षक बनाउन सकिन्छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments