बुटवल । टेन्सबर्ग बियर उद्योगका मार्केटिङमा कार्यरत कर्मचारीको रुपन्देही, सालझण्डीस्थित जंगलमा निर्ममतापूर्वक हत्या भएको छ । गुल्मी बलेटक्सार घर भएका २५ वर्षीय दामोदर केसीको शव जंगलमा फेला परेको हो ।

केसी जंगलमा उनले नै लगाएको गन्जी मुखमा राखेर हात खुट्टा डोरीले बाधेर झुण्डाइएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मुकुन्द मरासनीले जानकारी दिनुभयो ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १२ ढवाहमा दिदीभिनाजुसँगै बस्दै आएका केसी आइतबार कामबाट नफर्केपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । उनी लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा बिबिएस प्रथम बर्षमा अध्ययनरत थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments