काठमाडौंँ इंग्लिस प्रिमियर लिगमा सोमबार राति भएको खेलमा चेल्सीले मिडिल्सब्रोलाई ३–० गोल अन्तरले हराएको छ । जीतसँगै पहिलो स्थानमा रहेको चेल्सीले दोस्रो स्थानको टोटनहामसँगको अंक दुरी ७ अंकको बनाएको छ ।

हार पछि मिडिल्सब्रो भने रेलिगेसनमा पर्ने पक्का भएको छ । लिगको तीन खेल बाँकी छँदा चेल्सीको ३५ खेलबाट ८४ अंक छ । दोस्रो स्थानको टोटनहामको ७७ अंक छ । चेल्सीलाई जित दिलाउन डियगो कोस्टाले २३ औँ मिनेटमा, एलोन्सोले ३४ औँ मिनेटमा र माटिकले ६५ औँ मिनेटमा गोल गरे ।

सोमबारको जितसँगै चेल्सी घरेलु मैदानमा ३ सय खेल जित्ने तेस्रो टिम बनेको छ । घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडले ३ सय ४७ र आर्सनलले ३ सय ६ खेल जितेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments