नेपाली कला सस्कृतिको प्रबर्दन र पहिचान कायम राख्दै मनोरन्जन र खुशी साट्ने आकांक्षा पुरा गर्न सक्रियता पुर्वक लागेका नेपाली चेलीहरुको चहलपहलले यो साता अष्ट्रेलिया तीजमय बनेको छ |
तीजकै अवसर पारेर नारी प्रधान नाटक ” रातो सारी ” मेलबर्न स्थित थ्रोंनबरी थिएटरमा आज मन्चन हुँदै छ |
चेलीहरुका लागी चेलीले नै निर्माण गरेको तीज संग सम्बंधित नाटक “रातो सारी” को लेखन तथा निर्देशन निरु त्रिपाठीले गर्नु भएको हो | न्याभ तीज फेस्टीभलमा मञ्चन गर्न लागीएको उक्त नाटकमा कलाकारहरु नवराज कडरिया, कविशा बानिया, मुना खनाल, कल्पना साँवा,प्रज्वल कार्की लगायतको अभिनय रहेको छ | तीज उत्सवमा सहभागी भइ तीजको मनोरन्जनका साथमा नाटक अवलोकन गर्न अष्ट्रेलियामा रहने सबै आमा दिदीबहिनीहरुमा आमन्त्रण गरिएको बताइएको छ |
तीज उत्सव स्थानीय समय अनुसार साँझ ५:३० बजे सुरु हुने आयोजक न्याभले जनाएको छ |