काठमाडौं । दोस्रो चरणको निर्वाचनमा सहभागी हुने निर्णय गरेको राष्ट्रिय जनता पार्टी नेपालले  सरकारले संविधान संशोधन गर्ने ‘भद्र सहमति’ तोडेको आरोप लगाउँदै आन्दोलनमा जाने चेतावनी दिएको छ । सोमबार बसेको अध्यक्ष मण्डलको बैठकले संविधान संशोधन प्रस्ताव पारित गर्न सरकार गम्भीर नभएको आरोप लगाउँदै आन्दोलनको चेतावनी दिएको हो ।

बैठकमा संविधान संशोधन प्रस्ताव पारित गरेर निर्वाचनमा जाने सहमति प्रधानमन्त्री पुष्पकमल दाहालले तोडेको राजपाका नेता अनिल झाले आरोप लगाउनुभयो । पार्टीले संविधान संशोधन नभई निर्वाचनमा नजाने अडान राख्दै आएको थियो ।

संसद बैठकनै जेठ ४ गतेसम्मका लागि स्थगित भएपछि पार्टीले सरकार संविधान संशोधन गर्न गम्भीर नरहेको निष्कर्ष निकालेको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments