मेलबर्न । गैरआवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाको आगामी निर्वाचनमा अध्यक्ष पदको लागि अभिमान सिंह बस्नेतले आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको छ । एनआरएन अष्ट्रेलियाको नयाँ कार्यसमिति चयनको निर्वाचन जुलाई ८ तारिखका लागि तोकिएको छ ।

अष्ट्रेलियाको क्विन्सल्याण्डमा बसोबास गर्दै आउनुभएका बस्नेतले चुनावको लागि झण्डै २ महिनाको अवधि बाँकी रहँदा आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको हो । उहाँले सम्पूर्ण सदस्यहरु बिचमा आफ्नो एजेन्डामाथि छलफल तथा अन्तरक्रिया गर्ने र सबैको सुझावलाई मनन गर्दै कार्यनीति बनाएर अघि बढ्ने उद्देश्यले अगाडी नै उम्मेद्वारी घोषणा गरेको बताउनुभएको छ ।

“मेरो आगामी कार्यकालका लागि सामूहिक लगानीको वातावरण बनाउन पहल गर्ने, आप्रवासी विद्यार्थीहरुका लागि सूचना केन्द्रको स्थापना गर्ने, दोहोरो नागरिकता को पूर्ण कार्यान्वयनको लागि पहल गर्ने, सम्भव भएसम्मको स्थानमा नेपाली सामुदायिक भवनको निर्माणको लागि पहल गर्ने, कल्याणकारी कोष को क्षमतामा वृद्धि गर्ने, एनआरएन अष्ट्रेलियामा कम्तिमा २० हजार सदस्य बनाउने एजेन्डाहरु हुनेछन्। ” उहाँले भन्नुभयो, ” यी नयाँ एजेन्डासंगै मैले विगतमा एनआरएनए को उपाध्यक्ष्यको रुपमा गरेका कार्यहरु र अरु सामाजिक कार्यहरुलाई निरन्तरता दिनेछु”। उहाँले अझ थप र विस्तृत रुपमा एजेन्डाहरु लिएर आउने समेत बताउनुभयो।

अष्ट्रेलियामा बस्ने सबै नेपालीहरुको आवश्यकता र चाहना अनुरुप आफू अगाडी बढ्ने भन्दै बस्नेतले सबैसंग सुझाव, सल्लाह र सहयोगको अपिल गर्नुभएको छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments