मेलबर्न । स्नातक तहमा विज्ञान संकाय पढ्ने विद्यार्थीहरुको लागि भौतिकशास्त्र (फिजिक्स) विषय रोजाईमा पर्न थालेको छ । अष्ट्रेलियामा पढ्न आउने विद्यार्थीहरुमा समेत यो विषय पढ्नेहरूको संख्या बढिरहेको छ ।

ग्रान्ड च्यालेन्ज ईन साइन्स, एक्स्पेरीमेन्टल साइन्स, क्वांटीटेटिभ मेथड्स इन साइन्स, फिजिक्स अफ द भेरी लार्ज, फिजिक्स अफ द भेरी स्मल जस्ता विषय यस कोर्स अन्तर्गत पढाइन्छन् । यो कोर्स पार्ट टाइम र फुल टाइम पढ्न सकिन्छ । फुल टाइमको लागि तीन वर्ष लाग्छ भने पार्ट टाइम पढ्दा ६ वर्ष लाग्छ । आगामी शैक्षिक सत्रको लागि २०१८ जनवरीदेखि भर्ना प्रक्रिया सुरु हुनेछ ।

आवश्यक योग्यता :

फिजिक्स विषयमा भर्ना हुनको लागि गणित र अंग्रेजी विषयमा दक्ष हुनुपर्छ । आइएलटिएसमा कम्तिमा ६.५ अंक आवश्यक हुन्छ । वार्षिक शुल्क फुल टाइमको लागि ३५,००० डलरको हाराहारीमा तिर्नुपर्ने हुन्छ ।

पढाइपछिको अवसर

यो कोर्स गरेपछि उद्योग, अनुसन्धानमुलक संस्था, अस्पताल, विद्यालय, विश्वविद्यालय, वातावरण संरक्षण संस्था, स्वास्थ्यसँग समबन्धित संस्था आदिमा कामको अवसर हुन्छ ।

–हिमालयन कङ्गारु करियर डेस्क

Comments

comments