काठमाडौँ। हाँस्य कलाकार तथा लेखक हरिवंश आचार्यको उपन्यास ‘हरिबहादुर’ सार्वजनिक गरिएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानमा शनिवार आयोजित कार्यक्रममा हास्यकलाकार मदनकृष्ण श्रेष्ठले उपन्यास विमोचन गरेका हुन् । ‘पहिलो पुस्तकको सफलतापछि दोस्रो पुस्तकमा हरिवंश आएका छन्,’ मदनबहादुरका रुपमा परिचित मदनकृष्णले भने, ‘हरिबहादुरलाई मदनकृष्णले भन्दा बढी मदनबहादुरले चिन्दछ। हरिबहादुर आफैमा जाली, फटाहा र अरुको भलो नचिताउने पात्र हो। पुस्तकमा पनि पक्कै यस्तै चरित्र पाठकले पढ्न पाउनेछन्।’

पुस्तक सार्वजनिकअघि हरिवंश दर्शकमाझ हरिबहादुरकै गेटअपमा प्रस्तुत हुँदै प्रहसन गरेका थिए।

पुस्तकका बारेमा बताउँदै लेखक बुद्धिसागरले नेपाली साहित्यमा आख्यानलाई धेरै रुन्चे बनाइएको भन्ने आरोप लागिरहेका बेला आचार्यको उपन्यासले नयाँ मोडमा लगेको बताए ।

हरिबंशले यसअघि प्रकाशित गरेको आत्मकथा ‘चिना हराएको मान्छे’ चर्चित भएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments