एजेन्सी । जर्मनीको हेनोवर सहरमा बम हमला हुनसक्ने भन्दै जर्मन सरकारले हनोवर शहर खाली गराउन लागिएको छ । सरकारले त्यहाँका ५० हजार मानिसलाई अन्यत्र सार्ने निर्णय गरेको हो ।

जर्मनीमाथि हुन सक्ने सम्भावित बम आक्रमणलाई निष्क्रिय बनाउन आइतबार सरकारले हेनोवर शहरका ५० हजारभन्दा बढी नागरिकलाई अन्यत्र र सुरक्षित स्थानमा सार्ने निर्णय गरेको हो । जर्मनीको इतिहासमा दोस्रो पटक ठूलो संख्यामा सर्वसाधारणलाई अन्यत्र सारिन लागेको हो ।

खाली गरिन.लागेको शहरमा सात अस्पताल, एक क्लिनीक र एक टायर प्लान्ट लगायत सयौं घरहरु रहेका छन् । स्थानिय समयअनुसार बिहान ९ बजेबाट मानिसहरुलाई सुरक्षित स्थानमा लैजान लागिएको हो । मानिसहरुलाई औषधि, पानी जस्ता अति आवश्यकीय सामान मात्र बोक्न भनिएको छ । आप्mना घरका बिजुली, पानी र ग्यास चुल्हो बन्द गर्न समेत भनिएको छ ।

हेनोवर सहरमा अपरान्ह २ बजेसम्म सहर पूर्णरुपमा खाली गरिसकिने बताएको छ । सुरक्षीत स्थनमा सारिएका सर्वसाधरणका लागि सांगितयात्रा, खेलकुद र चलचित्रको पनि व्यवस्था गरेकोछ । जर्मनी समाचार संस्था डीपीएका अनुसार मानिसहरुले खानाका लागि बढी मात्रामा सुप तयारी गरेका छन् ।

दोस्रो विश्व युद्धकाबेला हेनोवा शहरमा भएको हवाई बम आक्रमणबाट हजारौं मानिसको जयन जानुकासाथै शहर पूर्णरुपमा ध्वस्त भएको थियो ।

९ अक्टोबर १९४३ को राती सबैभन्दा धेरैे २ लाख  ६१ हजार पटक बम आक्रमण भएको थियो । आक्रमणमा परि एक लाख २४ हजार ५ सय मानिसको मृत्य भएको थियो  भने दुई लाख ५० हजार बढी घरबारबिहीन भएका थिए ।

यस्तौ अघिल्लो वर्ष क्रिसमसकाबेला भएको बम काण्डमा पनि जर्मन सुरक्षा फौजले बम निष्क्रिय पार्न सर्वसाधारणलाई सुरक्षित स्थानमा सारेका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments