काठमाडौं । भक्तपुरको तेखापुखुमा शनिवार राती भएको आगलागीमा पाँच घर जलेर नष्ट भएका छन् ।

स्थानीय इन्द्र शिल्पकार, कृष्णप्रसाद शिल्पकार, पुरुषोत्तम शिल्पकार, दानबहादुर शिल्पकार र चन्द्रलाल शिल्पकारको घर जलेर नस्ट भएको प्रहरीले जनाएको छ ।

आगो निभाउन काठमाडौं, ललितपुर र भक्तपुरको दमकलसहित नेपाली सेना, शसस्त्र र नेपाल प्रहरी खटेका थिए । आगलागीबाट भएको क्षतिको विवरण संकलन र आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments