काठमाडौं । चुकाउनी मुख्यतया: आलु र दही मिलाएर बनाएको अचार हो । नेपालको पश्चिमाञ्चल क्षेत्रको विशेष परिकार चुकाउनि पाल्पा, गुल्मी, अर्घाखाँची आदि जिल्लामा लोकप्रिय छ । मानिसहरुको बसाईसराईसंगै यो परिकारको चिनारी पनि फैलिदै गयो र अहिले यो राजधानी लगायत अरु ठाउँहरुमा समेत पाउन सकिन्छ । चुकाउनी साधारण तरिकाले बनाउन सकिन्छ ।

चुकाउनी बनाउन आवश्यक सामाग्रीहरु :

१. आलु
२. दहि
३. प्याज
४. धनियाँ
५. अमिलो (दही गुलियो भएमा )
६. आन्य सामाग्रिहरूमा नुन, तोरिको तेल, मेथि, बेसर,खुर्सानि (हरियो खुर्सानि )आदि ।

चुकाउनी बनाउने विधि :

-आलुलाई गिलो नहुने गरि साधारण आचारमा जस्तै उसिन्ने र टुक्रा टुक्रा पारेर भाडामा राख्ने ।
– आलुको मात्रा र स्वाद अनुसारको नुन राख्ने ।
– थोरै मात्रामा प्याजलाई मसिनो गरि काटेर मिसाउने (प्याज नराख्न पनि सकिन्छ ) ।
– आफ्नो स्वाद अनुसार तील पिनेर पनि राख्न सक्नुहुन्छ ।
– तोरीको तेल अथवा सुर्य मुखिको तेल २ चम्चा तताउने र २ चिम्टी मेथी तातो तेलमा फुराउने ।
– २ वटा अथवा स्वाद अनुसार मसिनो हरियो खुर्सानी  तेलमा फुराउने र रातो भईसकेपछि अलिकति २ चिम्टी बेसारको धुलो राखेर झान्ने र आलुमा खन्याउने ।
– आवश्यक मात्रामा अमिलो दही त्यसमा राम्रो संग मोल्ने ( दही गुलियो भएमा अमिलो वा कागती मिसाउने) ।
– धनियाँको पातलाई काटेर माथिबाट छर्कने, अब यो अचार तयार भयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments