मेलबर्न । अष्ट्रेलियामा अध्ययनरत चीनकी जियाङ्ग ह्वाङ्गले पहिलो पटक आफ्नी आन्टीको आग्रहमा सामान पठाईदिईन् । उनले थोरै कमिसन राखेर सामान मगाउने अरु नातेदार तथा साथीहरुलाई पनि सामान पठाउन थालिन् । त्यसबाट आएको पैसाले उनलाई पढाईको लागि मद्दत पुग्यो।

उक्त कामलाई विस्तारै बढाउँदै लगेकी ह्वाङ्गले हाल सहयोगीको रुपमा अरुलाई पनि रोजगारी दिएकी छिन्। २५ वर्षीय उनले यसै कामबाट वार्षिक तीन सय हजार डलर भन्दा बढी आम्दानी गर्ने बताउँछिन् ।

अष्ट्रेलियामा चीनबाट आएका ४५० हजार विद्यार्थीहरु मध्ये अहिले धेरैले यो कामलाई पछ्याउन थालेका छन् । उनीहरु आफूलाई पर्चेज एजेन्ट भन्न मन पराउँछन्। उनीहरुले अनलाईनको माध्यमद्वारा चीनका ग्राहकहरु समक्ष पुगेर उनिहरुको माग पूर्ति र संगै आफ्नो पढाईमा सहयोग पुगेकोमा खुशी व्यक्त गर्छन् । चिनियाली ग्राहकहरुले विदेशी सामानलाई बढी विश्वास गर्ने हुँदा आफ्नो व्यापारले गती लिएको उनीहरु बताउँछन् । स्रोत

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments