काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएका खेलमा शीर्ष स्थानको बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले भिल्लारियललाई ४–१ तथा रियल मड्रिडले ग्रनाडालाई ४–० ले हराएको हो ।

बार्सिलोनाको जितमा एमएसएनले एक, लियोनल मेस्सीले दुई तथा नेइमार र लुइस स्वारेजले एक एक गोल गरे ।

मेस्सीले यो सिजन सबै प्रतियोगितामा गरेर अहिलेसम्म ५१ गोल गरिसकेका छन् ।

जितपछि लिगका दुई खेल बाँकी हुँदा शीर्ष स्थानको बार्सिलोनाको ८४ अंक भएको छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडको पनि ८४ अंक नै छ । उसले तीन खेल खेल्न बाँकी छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments