काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा मुम्बई इन्डियन्सले शानदार जित हात पारेको छ ।

फिरोज शाह कोट्ला रंगशालमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बई इण्डियन्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो ।

२ सय १३ रनको लक्ष्य पछ्याएको दिल्ली डेयर डेभियल्स १३ ओभर ४ बलमै मात्र ६६ रनमा अलआउट भयो । दिल्लीका करुण नैरले २१, कोरी एण्डरसन र पट कमिन्सले १०, १० रन जोडे भने अन्यले दाहोरो अंकसमेत जोड्न सकेनन् । मुम्बईका हरभजन सिंह र कर्ण शर्माले तीन तीन तथा लासिथ मालिङ्गाले दुई विकेट लिएका थिए ।

पहिले ब्याटिङ गरेको मुम्बईका लागि लेन्डल सिमोन्सले ६६, किरोन पोलार्डले अविजित ६३, हार्दिक पाण्डेले अविजित २९ तथा पार्थिव पटेलले २५ रन बनाए ।

जितपछि शीर्ष स्थानको मुम्बईको ११ खेलबाट १८ अंक भएको छ । समान खेलबाट ८ अंकसहित छैटौं स्थानमा रहेको दिल्ली भने प्लेअफमा पुग्ने सम्भावना कम रहेको छ । दिल्ली चौथो स्थानको सनराइजर्स हैदरावाद भन्दा पाँच अंकले पछाडि छ ।

यसअघि शनिवार नै भएको अर्को खेलमा राइजिङ पुने सुपरजाइन्ट १२ रनले विजयी भएको छ । राइजिङ पुनेले सनराइजर्स हैदरावादलाई हराएको हो ।

आईपीएलमा आइतबार रोयलय च्यालेन्जर्स ब्याङलोर र कोलकाता नाइट राइडर्स तथा किंग्स इलाभेन पञ्जाव र गुजरात लाइन्सबीच खेल हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments