एजेन्सी । इण्डियन प्रिमियर लिग क्रिकेटमा राइजिङ पुने सुपरजायण्ट्सले सनराइजर्स हैदराबादलाई हराएको छ । पुनेका जयदेव उनाडकटले अन्तिम ओभरमा एक रन नदिएर ह्याट्रिक लिएपछि हैदराबाद १२ रनले पराजित भएको हो ।

हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट जाँदा १ सय ३६ रन मात्र बनाउन सक्यो । हैदराबादमा टस हारेर पहिले व्याटिङ गरेको पुनेले २० ओभरमा ८ विकेट जाँदा १ सय ४८ रन बनाएको थियो ।

पुनेका लागि बेन स्टोक्सले सर्वाधिक २५ बलमा ३९, कप्तान स्टिभन स्मिथले ३९ बलमा ३४, महेन्द्र सिंह धोनीले २१ बलमा ३१, अजिन्का राहनेले २० बलमा २२ रन बनाए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments