मेलबर्न । नेपाली खेलाडी अशोक खड्काले अष्ट्रेलियाको गोल्डकोस्टमा भएको गोल्डकोस्ट खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।

आज पहिलो दिन गोल्डकोस्टको करारा रंगशालामा भएको प्रतियोगिताको पुरुष एकल पुम्सेमा न्युजिल्यान्डका खेलाडीलाई पराजित गर्दै अशोकले नेपाललाई स्वर्ण पदक दिलाएका हुन । प्रतियोगितामा विभिन्न ४ राष्ट्रका १४ खेलाडी सहभागी थिए ।

अशोकले सबै प्रतिद्वन्द्वीलाई पछि पार्ने क्रममा १० पूर्णाङकमा सर्वाधिक ९ दशमलब १६ अंक ल्याए । न्युजिल्यान्ड र आयोजक राष्ट्र अष्ट्रेलियाका खेलाडी क्रमशः दोश्रो र तेश्रो भएका थिए ।गोल्डकोस्ट तेक्वान्दो संघको आयोजनामा भइरहेको प्रतियोगिता सोमबारसम्म जारी रहनेछ । उक्त प्रतियोगिता नेपालबाट सहभागी हुने अशोक एक्ला खेलाडी हुन् । अशोक मे १२ तारिखमा स्वदेश फर्कने छन्।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments