नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य नेतृत्वमा रहेको मोर्चासँग एक–दुई दिन भित्रमा वार्ता गर्ने प्रमुख तीन दलहरुले निर्णय गरेका छन् ।

संसद् सचिवालयमा आज बसेको प्रमुख तीन दलको बैठकले वैद्य नेतृत्वको मोर्चासँग संविधान निर्माणमा सहमति जुटाउन एक–दुई दिन भित्रै वार्ता गर्ने निर्णय गरेको हो ।
तीन दलको बैठकका नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्ष रामचन्द्र पौडेल र नेता महेश आचार्य, नेकपा एमालेको तर्फबाट वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्षद्धय विद्या भण्डारी र भिम रावललगायतका नेताहरुको सहभागीता रहेको थियो ।

त्यस्तै, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराई र उपाध्यक्ष नाराणकाजी श्रेष्ठको पनि उपस्थिती रहेको थियो ।

Please follow and like us:

Comments