एजेन्सी । आवश्यकता भन्दा बढी अभिभावको मोबाइल प्रयोगले पारिवारिक सम्बन्धमा चिसोपना उत्पन्न हुने गरेको एक अध्ययनले पुष्टी गरेको छ । डिजिटल अवेयरनेस यूके एण्ड द हेडमास्टर्स एण्ड हेडमिस्ट्रेस कान्फ्रेन्सले ११ देखि १८ बर्षसम्म उमेर समूहका २ हजार बालबालिकासँग गरेको सर्वेक्षणबाट यस्तो नतिजा पाइएको हो ।

सर्वोक्षणमा विद्यार्थीले आवश्यकताभन्दा बढी मोबाइलको प्रयोग नगर्न समेत आग्रह गरेको छन् । सर्वेक्षणका क्रममा १४ प्रतिशत बालबालिकाले आप्mना अभिभावक खाना खँदा पनि अनलाईमा व्यस्त रहने गरेको बताएका छन् । तर ३ हजार अभिभावमा गरिएको सर्वेक्षणमा ९५ प्रतिशत अभिभावकले बालबालिकाको भनाई अस्वीकार गरेका छन् ।

८२ प्रतिशतले खाना खाने समयमा मोबाइल एवं अन्य कुनै डिभाइस प्रयोग गर्न नहुने बताएका छन् भने २२ प्रतिशतले भने मोबाइतल तथा डिभाइसको प्रयोगले पारिवारिक सम्बन्धमा निरासता ल्याउने बताएका छन् ।  त्यसैगरी ३६ प्रतिशत बालबालिकाले आप्mना अभिभावकलाई अनावश्यक मोबाइल प्रयोग नगर्न आग्रह गरेका छन् ।

अघिल्लो बर्षको एक अध्ययन अनुसार मोबाइल तथा डिभाइसको प्रयोगबाट थाक्ने, एकाग्रतामा ह्रास आउने र बिहान उठन ढिलो हुने र अध्ययनमा पनि कमी आउने बताएको छ ।  नयॉ अध्ययन अनुसार लगभग ७२ प्रतिशत बालबालिका प्रतिदिन ३ देखि १० घण्टासम्म मोबाइल, डिभाइसमा अनलाइन रहने गरेको बताइएको छ । जसका कारण १० प्रतिशत अभिभावक आप्mना बालबालिकाले प्रयोग गरेको अनलाइनका कारण निदाउन नसक्ने गरेको खुलासा गरेको छ ।

डीएयूके की सहसंस्थापक एमा राबर्टसनका अनुसार बिहान उठने बित्तीकै आप्mना बालबालिकासँग मोबाइल, आइप्याड जस्ता आधुनिक र विद्युतीय उपकरणबारे  खुलेर बातचित गर्नु पर्ने बताएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments