दक्षिण कोरियाको स्प्रोञ्जा ब्राण्डको कफी आजदेखि नेपाली बजारमा बिक्री वितरण सुरु भएको छ ।

नेपाल योङ्ग स्टार ग्रुप प्रा.लीले शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी कोरियाामा उत्पादित सो कफी नेपाली बजारमा आएको जानकारी दिइएको छ । कोरियामा बसोबास गर्ने नेपालीले स्वदेशमैँ केही गर्ने लक्ष्यकासाथ सामूहिक लगानी गरी सो कम्पनी स्थापना गरेका हुन ।

नेपाल चेम्बर्स अफ कमर्सका पूर्व अध्यक्ष सुरेशकुमार बस्नेतले सो कफीलाई नेपालमैँ उत्पादन सुरु गरी बजार विस्तार गर्न सकेमा त्यसले रोजगारी तथा राष्ट्रिय उतपादनमा योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । बस्नेतले भने–यो अत्यन्तै राम्रो काम हो । यसलाई नेपाली बजारमा प्रर्वद्धन गर्न सक्यौं भने युवाहरुको लागि पनि नयाँ रोजगारी सिर्जना गर्न सक्ने उत्तम विकल्प हुनसक्छ । बस्नेतले कफी खेती गर्न आफूले सँधै यूवाहरुलाई प्रोत्साहन गर्ने पनि विश्वास व्यक्त गरेका छन् ।

Please follow and like us:

Comments