धादिङ ।  चन्द्रमाया वि.क. अहिले ८६ बर्ष लाग्नुभयो । यो उमेरमा समेत जनप्रतिनिधि भएर जनताको सेवा गर्ने भावनावाट प्रेरित भएर उम्मेदवारी दिएपछि चन्द्रमाया जिल्लामै चर्चाको पात्र बन्नु भएको छ । धादिङको थांक्रे गाउँपालिका वडा नम्बर ५ बाट चन्द्रमायाले दलित महिला सदस्यका लागि उम्मेदवारी दिनु भएको हो ।

नेकपा एमालेको तर्फबाट वडा नम्बर ५ को दलित महिला सदस्य पदमा  चन्द्रमायाले  उम्मेदवारी दिएपछि उहाँको चर्चा सुरु भएको हो । साविकको केवलपुर, थांक्रे,तसर्पु र भुमेस्थान गाविसको सबै भाग र गोगनपानी गाविसको ५,६,७ र ८ नम्बर वडा मिलाएर वनाइएको थांक्रे गाउँपालिका जिल्लाकै ठुलो  गाउँपालिकामा पर्दछ । चन्द्रमाया साविकको तसर्पु गाविस वडा नम्बर ९ दामेचौर की वासिन्दा हुनुहुन्छ ।

श्रीमतीलाई उम्मेदवार वनाएकोमा चन्द्रमायाका श्रीमान समेत खुसी हुनुहुन्छ । आंफुहरुलाई बुढेसकालमा भत्ता दिने पार्टीले उम्मेदवार बन भने पछि यो उमेरमा पनि जोश आएको चन्द्रमायाको भनाइ छ ।  उमेरले पाको भएपनि उहाँको जोश जांगर भने यूवाको भन्दा कम छैन ।  उहाँ अझै पनि फूर्तिलो हुनुहुन्छ ।

उम्मेदवारी मनोनयन पछि चन्द्रमाया मत माग्नको लागि अहोरात्र खट्नु भएको छ । लाग्छ चन्द्रमायाका लागि ति उकाली र आरालीहरु अहिले सहज भएका छन् । बाटो छोटिएको भान भएको छ । उहाँ भन्नुहुन्छ, यो उमेरमा  जनताको प्रतिनिधि भएर काम गर्न पाउनु मेरा लागि अविस्मरणीय छ । मतदाताले मलाई निर्वाचित गराउँछन् भन्नेमा म विश्वस्त छु ।   सबै गाउँ बस्तिमा हिंडेरै पुग्ने चन्द्रमायालाई थकाईको महशुस भएकै छैन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments