काठमाडौं ।  ब्यवस्थापिका संसदमा महाअभियोग दर्तापछि निलम्बनमा पर्नुभएकी प्रधानन्यायाधीश शुशिला कार्कीलाई काममा फर्कन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

अधिवक्ता सुनिलरञ्जन सिंह र कञ्चनकृष्ण न्यौपानेले महाअभियोग प्रस्ताव गैरकानुनी रहेको भन्दै दायर गरेको रिटमा सुनुवाई गर्दै काममा फर्कन आदेश दिएका हो । न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले प्रधानन्यायाधीश कार्कीमाथिको महाअभियोग प्रस्ताव नेपालको संविधानको मर्म र भावना अनुरुप नभएको ठहर गर्दै कार्कीलाई काममा फर्कन अन्तरिम आदेश दिएको हो ।

यस्तै, इजलासमा मुद्दाको किनारा नलागेसम्म संसदमा दर्ता भएको महाअभियोग प्रस्तावलाई यथास्थितिमा नै राख्न र प्रधानन्यायाधीश कार्कीलाई आफ्नो काममा फर्की काम गर्न भनिएको छ । मुद्दाको किनारा नलागेसम्म ब्यवस्थापिका संसदमा महाअभियोग प्रस्तावमाथि छलफल हुनेछैन ।

 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments