मेलबर्न । अष्ट्रेलियनहरुले नृत्य गरेको नेपाली म्युजिक भिडियो बजारमा आएको छ । मेलवर्न निवासी विनोद घीमीरेको भर्खरै बजारमा आएको ” नक्कली” नामक नेपाली म्युजीक भीडीयोमा अष्ट्रेलीयन नागरीकहरुले दमदार नृत्य प्रस्तुत गरेका हुन् ।

बलीउडको समेत अनुभव लिएका दीपक सींग रावतले म्युजिक भिडियोमा नृत्य निर्देशन साथै नायकको भूमिका निर्वाह गरेका छन् । एक्सपर्ट एजुकेशन एण्ड भीषा सर्भीजेसको लगानीमा बनेको यस म्युजिक भिडियोमा विनोद घिमिरेको शब्द, संगीत र स्वर रहेको छ । म्युजिक भिडियोको छायांकन जीवन रसाईलीले गरेका हुन् ।

Comments