एजेन्सी । ‘बाहुबली २’ ले पहिलो साता ७ सय ५० करोड रुपैया भन्दाबढीको कारोवार गरेको छ । चलचित्र हेरेका धेरैको मन जित्न सफलबाहुबली २ मा काम गर्न बलिउड सुपरस्टार अमिताभ बच्चन समेत उत्सुक थिए । त्यसको लागि उनले निर्देशक एसएस राजामौलीसँग कुरा पनि गरेको एजेन्सीले जनाएको छ । तर राजामौलीसँग अमिताभलाई दिनमिल्ने कुनै भूमिका नभएकाले उनी बाहुबली २ को हिस्सा बन्न सकेनन् ।

अमिताभ मात्र होइन, श्रीदेवीपनि यो चलचित्रको हिस्सा बन्न सकिनन् । तर अमिताभको जस्तो श्रीदेवीले चलचित्रमा काम गर्ने इच्छा जाहेर भने गरेकी थिइनन् । उनलाई निर्देशक राजामौली आफैले राजमाताको भूमिकामा अभिनय गर्नको लागि अनुरोध गरेको थिए । तर श्रीदेवीले पारिश्रमिक ६ करोड रुपैयाको माग गरेका कारण राजामौलीले उनलाई चलचित्रमा अनुबन्धित गर्न सकेनन् ।

श्रीदेवीपछि राजामौलीले राम्या कृष्णनलाई राजमाता बनाए । अहिले कृष्णनको कामको पनि राम्रै प्रशंसा भैरहेको छ ।
चलचित्र २ सय ५० करोडको बजेटमा तयार भएको हो । तर ७ दिनमा चलचित्रले विश्वभरिबाट ७ सय ५० करोड कमाइसकेको छ । चलचित्रको २० मिनेटको क्याइमेक्स् दृश्यको लागिमात्रै ३० करोड खर्च गरिएको थियो ।

बाहुबली २ ले रिलिजको पहिलो दिन नै रेकर्ड बनाउदै भारतमा मात्र १ सय २१ करोडको कमाइ गरेको थियो । यतिमात्र नभई चलचित्रले अग्रिमबुकिङको मामलामापनि रेकर्ड बनाएको छ । अनलाइनबुकिङ सुरु भएको २४ घण्टाभित्र नै चलचित्रको १० लाख टिकट बिक्री भैसकेको थियो ।

Comments

comments