एजेन्सी । जापानको चर्चित पार्सल डेलीभरी सेवाप्रदायक कम्पनी यामातो होल्डिङस्ले ९ हजार २ सय कामदारहरु थप्ने भएको छ ।
यामातोले आफ्नो कम्पनीअन्र्तगत यसैवर्ष विभिन्न कामदारहरु थपेर अहिले भैरहेका कामदारहरुको ओभरटाइमको भार घटाउने नीति ल्याएको हो ।

कम्पनीको योजनाअनुसार स्थायी र अस्थायी गरी ४ हजार २ सय कामदार थपिने छ । यस्तै अन्य ५ हजार कामदार भने आंशिक कामदारका रुपमा थपिने छन् । सन् २०१३ पछि कम्पनीले एकैचोटीयतिधेरै कामदार थप्न लागेको हो ।

अनलाइनबजारको विस्तार भएका कारण पार्सल डेलिभरीको भार बढेकोले यामातो जस्ता सेवाप्रदायकहरुका कामदारहरु अहोरात्र खटेर ओभरटाइम गर्नुपर्ने बाध्यतालाई कम्पनीको यो निर्णयले सहज बनाइदिएको छ ।

अनलाइनबजार विस्तार भएकाले जापानमा पछिल्लो समय पार्सल डेलिभरी सेवाप्रदायक कम्पनीहरुमा कामदारहरुको अभाव बढेको छ । यामातोको यो कदमपछि ऊसँग प्रतिस्पर्धामा रहेका सेवागा एक्सप्रेस कम्पनी र जापान पोष्ट कम्पनीले पनि कामदार थप्ने निर्णय गर्न सक्ने बताइएको छ ।

Comments