एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले भदौभित्र संविधानको सहमतिको खाका नआए सडकबाटै संबिधान बनाउने चेतावनी दिनुभएको छ ।

राजधानीमा आयोजित संघीय गणतान्त्रि मोर्चाको अन्तक्रिया कार्यक्रममा बोल्दै दाहालले भदौभित्र विगतको संविधान सभामा भएको सहमतिको स्वामित्व ग्रहण गर्दै यसैको आधारमा टेकेर संविधान नआए सडकबाटै संबिधान बनाउने बताउनुभएको हो । भदौभित्रै विवादित विषयमा सहमति गरिसक्नुपर्नेमा जोड दिनुहुँदै सहमति नभए कार्यतालिका अनुसार प्रकृयामा जाने उहाँको भनाई थियो ।

Comments