मेलबर्न । अष्ट्रेलियाको नयाँ भिसा अनुसार यहाँ बस्ने विदेशीहरुको अभिभावकले दश वर्षे भिसा अनुमति पाउने भएका छन् । यो भिसा अन्तर्गत उनीहरुले अष्ट्रेलियामा दश वर्ष भन्दा बढी समय बस्न भने पाउनेछैनन् ।

फेरिएको नयाँ भिसा अनुसार बर्षको १५,००० जनाले मात्र यस्तो भिसा प्राप्त गर्नेछन् । यसकालागि भिसा शुल्क २०,००० डलर लाग्नेछ । आफ्ना अभिभावकको औषधि उपचार खर्च, स्वास्थ्य बीमा लगायतका खर्च भने छोरा छोरीले नै व्यहोर्नुपर्नेछ ।

यो भिसा अन्तर्गत तीन वर्ष, पाँच वर्ष र दश वर्ष अवधि रोज्न पाईनेछ । तीन वर्षे भिसाको शुल्क ५,००० डलर, पाँच वर्षको लागि १०,००० डलर र दश वर्षको लागि २०,००० डलर शुल्क रहनेछ ।

यसरी अष्ट्रेलिया आएका अभिभावकहरुले परिवारको बाहेक आम्दानीको लागि बाहिरको कुनै पनि काम गर्न पाउने छैनन् । माइग्रेन्ट विशेषज्ञहरुले भने यो अस्थायी भिसाको लागि तोकिएको शुल्क महँगो भएको प्रतिक्रिया दिएका छन् ।

Comments