काठमाडौं । स्थानीय तह निर्वाचनको मुखमा काठमाडौं उपत्यकामा गुण्डा नाइकेहरु प्रहरी निशानामा पर्न थालेका छन् । नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी विशेष अपरेशन थालेको छ ।

चुनावको मुखमा गुण्डानाइकेहरु विभिन्न राजनीतिक दलको आवरणमा गतिविधि गर्न थालेपछि प्रहरीले विशेष अपरेशन थालेको हो ।

बुधबार राती चक्रपथ क्षेत्रमा गुन्डागर्दीमा सक्रिय तेजेन्द्र गुरुङ पक्राउ परेका छन् । उनी ‘गुन्डा नाइके’ चक्रे मिलनका भाइ हुन् । महानगरीय प्रहरी परिसरले चक्रे मिलनका भाइ तेजेन्द्रलाई पक्राउ गरेको हो ।

त्यस्तै, अपराध महाशाखाले ललितपुरबाट निरु लामा र नीरज महर्जन ‘छुचुन्द्रो’लाई पक्राउ गरेको छ । महाराजगन्जका राकेश महर्जन पनि बुधबार पक्राउ परेका छन् ।

मंगलबार प्रहरीले ललितपुरकै राजु बोगटी र पनित गुरुङलाई पक्राउ गरिसकेको छ । महाशाखाले मंगलबार नै भक्तपुरमा गुन्डागर्दीमा संलग्न रामेश्वर गौतम र श्याम मोक्तानलाई पनि पक्राउ गरेको छ । उनीहरु अपहरण मुद्दामा पक्राउ परी छुटेका व्यक्ति हुन् ।

पछिल्लो एक महिनायता राजधानीमा सक्रिय गुन्डागर्दीमा संलग्न समूहविरुद्ध प्रहरीले अप्रेसन चलाइरहेको छ ।

त्यसैगरी, पोखरा उपमहानगरपालिकामा पनि प्रहरी विशेष अपरेशन शुरु गरेको छ ।  प्रहरी नायव उपरीक्षक (डीएसपी) खड्गबहादु खत्रीकाअनुसार स्थानीय तह निर्वाचनलाई अवरोध पुर्याउने सक्ने सम्भावनालाई

ध्यानमा राखेर उपमहानगरपालिका क्षेत्रमा सुरक्षा व्यवस्था कडाई गरिएको छ ।

डीएसपी खत्रीले हालसम्म पोखरा आसपासको क्षेत्रमा पनि निर्वाचनलाई अवरोध पु¥याउने कुनैपनि अवाच्छित गतिविधि नभएको तर सम्भावित ब्यक्ति र समूहमाथि निगरानी बढाएको बताउनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments