काठमाडौं । गृहमन्त्रीबाट पाँच दिनअघि राजिनामा दिनुभएका विमलेन्द्र निधि पुनः मन्त्रालय फिर्ता हुनु भएको छ ।

निधिले गत आइतबार पदबाट राजिनामा दिनु भएको थियो । उपप्रधानमन्त्रीको वरियता विवादमा रुष्ट भई निधिले राजिनामा दिनु भएको थियो ।

दोस्रो वरियतामा रहनु भएका राप्रपा अध्यक्ष कमल थापा सरकारबाट बाहिरिएपछि निधि पुनः पहिलो वरियताको उपप्रधानमन्त्रीसहित गृहमन्त्रालय फर्कनु भएको हो ।

बिहीवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच वालुवाटारमा भएको भेटपछि निधिले राजिनामा फिर्ता लिनु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जनता समाचारलाई जानकारी दिनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments