काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट नागार्जुन नगरपालिका वडा नं. ७ का वडाध्यक्षका उम्मेदवार मदन गिरी बुधबार बेलुकाबाट बेपत्ता हुनु भएको छ । बुधबार बेलुकादेखि बेपत्ता हुनु भएका गिरी अपहरणमा परेको नयाँ शक्ति पार्टीले जनाएको छ ।

बुधबार साँझ ७ः१२ बजे उहाँ काठमाडौंको नयाँ बजारबाट वेपत्ता हुनु भएको हो । नयाँ शक्तिले ४ जनाको समूहले अपहरण गरेको दाबी गरेको छ । सोही अनुसार नै नयाँ शक्तिले आफ्ना उम्मेदवार अपहरणमा परेको भन्दै प्रहरीमा उजुरी गरेको छ ।

आफ्नो पार्टीले जित्ने सम्भावना बढी भएको ठाउँ भएकोले पहिलेदेखि नै नयाँ शक्तिका उम्मेद्वारहरुलाई डर, धम्की दिने गरिएको नयाँ शक्ति पार्टीकी केन्द्रीय कार्यकारी सदस्य हिसिला यमीले बताउनु भयो ।

वडाध्यक्षका उम्मेद्वार गिरीको खोजी कार्य भइरहेको र प्रहरीलाई खबर गरिएको यमीले बताउनुभयो ।

‘गिरी खासै चर्चामा रहेका ब्यक्ति होइन, तर गिरीलाई नै अपहरण कसले गर्यो ।’ प्रश्न उठेको छ । ब्यक्तिगत लेनदेन वा अरु कुनै कारणले सम्पर्कविहीन भएको हुन सक्ने आशंका पनि गरिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments